तपाईँ सुन्दै हुनुहुन्छः

‘आयुर्वेद उपचार सेवाको विस्तार गर्न आवश्यक छ’

गण्डकी।  बागलुङको बागलुङ नगरपालिका–६ स्थित विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा आयुर्वेद अस्पताल बन्ने भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शनिबार आयुर्वेद अस्पतालको शनिबार शिलान्यास गर्नुहुँदै अस्पतालको भवनको पहिलो तला निर्माणका लागि रु ३८ लाख सङ्घीय सरकारकोतर्फबाट उपलब्ध गराउने जानकारी दिनुभयो । “अस्पतालको भवनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तोकेको मापदण्ड छ, सोहीअनुसार पहिलो तलाका लागि चाहिने बजेट यही वर्ष हामी उपलब्ध गराउँछौँ”, उहाँले भन्नुभयो, “पूर्वाधारसँगै अस्पतालको सेवा सञ्चालनमा सरकारको सहयोग रहन्छ ।”
 
मन्त्री बस्नेतले नेपालमा आयुर्वेद उपचार पद्धतिको विकास गर्नुपर्नेमा जोड दिनुभयो । “हामीसँग अथाह जडीबुटी छ, पछिल्लो समय विकास भइरहेको खर्चिलो उपचारको सट्टा आयुर्वेद पद्धतिको विकास गर्न आवश्यक छ”, मन्त्री बस्नेत भन्नुभयो, “आयुर्वेदको विकासका लागि सरकारले जे–जति गर्नुपथ्र्यो अझै हुन सकिरहेको छैन ।”
 
उहाँले पञ्चकोटमा आयोजित श्री विश्वशान्ति गण्डकी महाशभाको २२औँ शृङ्खलाको शुभारम्भसमेत गर्नुभएको थियो । सो अवसरमा मन्त्रीसमक्ष आगामी फागुनमा आयोजना हुने अनन्तश्री ब्रह्माण्डीय महायज्ञ–२०८० बारे जानकारी गराइएको पञ्चकोट विकास समितिका सचिव नारायण आचार्यले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button