तपाईँ सुन्दै हुनुहुन्छः

तामझामका साथ पोखरामा पनि फूलपाती भित्र्याइयो (फोटो फिचर)

पोखरा । तामझामका साथ यस बर्ष पोखरामा पनि फूलपाती भित्र्याइको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा शनिबार सप्तमी पर्वको अवसरमा बृहत् र्‍याली सहित पोखरामा फूलपाती भित्र्याइएको हो । 

जिल्ला प्रशासन कार्यालय कास्की, सुरक्षा निकायका तीन वटै अङ्ग नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले व्याण्ड बाजाको साथमा निकै तामझाम सहित पोखराको विन्ध्यवासिनी मन्दिरमा पुगेर पूजा आज गरि फूलपाती भित्र्याएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनु भयो । 

सशस्त्र प्रहरी बलको टोलीको साथमा नेपाल प्रहरी र नेपाली सेनाले प्रस्तुत गरेको ब्याण्डबाजा सहित टोलीले विन्ध्यवासिनी मन्दिरलाई सलामी दिँदै फूलपाती भित्र्याएसँगै पोखरेली सहित आम नेपालीहरूले शनिबार सप्तमीमा घर घरमा फूलपाती भित्र्याएको उहाँले जनाउनु भयो । पोखराको चिप्लेढुंगाबाट सुरु भएको र्‍याली भीमसेन मन्दिर, नालाकोमुख, मोहोरीयाटोल हुँदै विन्ध्यवासिनी मन्दिरमा पुगेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासु घिमिरेले बताउनु भयो । 

अघिल्ला बर्ष झैँ यस बर्ष पनि फूलपातीमा शक्तिपिठको रुपमा रहेको विन्ध्यवासिनी मन्दिरमा विधि पूर्वक फूलपाती भित्र्याइएको प्रजिअ घिमिरेले बताउनु भयो । सुरक्षाका तीनै अङ्गका निकायबाट डोली लगेर पूजा पाठ सहित सलामी समेत दिइएको थियो । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइएको हो ।

 परम्परा देखि नै विन्ध्यवासिनी मन्दिर र कास्कीको कास्कीकोटमा नेपाल सरकारकै तर्फबाट विधि पूर्वक पूजा आजा गरी फुलपानी भित्राउने प्रचलन गरि आएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले बताउनु भयो । 

यसैबिच, विन्ध्यवासिनी मन्दिरमा जारी नव दुर्गा महोत्सव जारी रहेको छ । मन्दिरमा दर्शन गर्नेहरुको केही दिन देखि भिडभाड भएको समितिका सचिव तिर्थ श्रेष्ठले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button