तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेको गौघाटमा राखिएका मुर्रा राँगाबाट वीर्य उत्पादन हुँदै 

बाँके । भारत सरकारले अनुदानमा दिएको उन्नत जातको  मुर्रा राँगाबाट वीर्य  सङ्कलन सुरु गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड भारत भ्रमण गएको बेला सम्झौता भई गत मंसिरमा नेपाल ल्याइएका उन्नत जातका मुर्रा राँगाबाट वीर्य उत्पादन सुरु गरिएको छ।

भारतबाट नेपाल ल्याइएका १५ वटा मुर्रा राँगामध्ये   ३ वटा मुर्रा राँगाबाट नेपालगन्ज राखिएको र ती मध्य  २ वटाबाट वीर्य सङ्कलन गर्न सुरु गरिएको डा.खगेन्द्रराज सापकोटाले बताउनुभयो । भारतबाट नेपाल ल्याइएका मुर्रा राँगामध्ये २ वटा मुर्रा राँगाबाट १४३ डोज जमेको वीर्य उत्पादन गरिएको छ ।

पशु बिकास अधिकृत डाक्टर मिलन चौधरीले कार्यालयमा दुई वर्षदेखि उन्नत जातका साढे, राँगा र बोयर बोकाबाट कृत्रिम गर्भाधानबाट वीर्य सङ्कलन गरि लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा पठाउने गरिएको बताउनु भयो उहाँले वीर्य सङ्कलन गरि ३५ डिग्री देखि प्रशोधन गरि माइनस १४० डिग्री सेल्सियससम्म भण्डारण गर्ने भएकोले गुणस्तरमा कमी नहुने बताउनु भयो ।

कार्यालयका पशुसेवा प्राविधिक देवनारायण जैशीले कार्यालयबाट  मुर्रा राँगा जर्सी तथा बोयर बोकाबाट यस वर्षको फागुन मसान्तसम्म ६४ हजार ४० डोज वीर्य उत्पादन गरिएको बताउनु भयो । उहाँले यो तथ्याङ्कमा भारतबाट ल्याइएका  मुर्रा राँगाबाट सङ्कलन गरिएको १४३ डोजसमेत सामेल भएको बताउनु भयो । 

कार्यालयमा भारतीय मुर्रासहित राँगा  १९ वटा ,साढे १२ वटा , बोका १७ वटा र बाख्रा ४ वटा गरि जम्मा ५२ बटा पशुहरू रहेका छन् । यी मध्य ३२ वटाबाट कृत्रिम वीर्य उत्पादन गर्ने र बाँकीले प्राविधिक गर्भाधान गराउने गरिएको जैशीले बताउनु भयो ।

उहाँले राष्ट्रिय पशु प्रजनन् कार्यालय नेपालगन्जलगायत पोखरा र लाहानबाट राँगो र साँढेबाट वीर्य सङ्कलन गरिँदै आए पनि बोयर बोकाबाट भने नेपालगञ्ज कार्यालयबाट मात्र वीर्य सङ्कलन हुँदै आएको जानकारी दिनुभयो । उहाँले हप्तामा दुई दिन सोमबार र बिहीबार वीर्य सङ्कलन गरिने बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button