तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेशको सरकार गठनले सत्ता गठबन्धनमा असर पर्दैन : नेता कोइराला

विराटनगर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेश सरकार गठनको विषयले केन्द्रिय गठबन्धनको सरकारमा कुनै असर नपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले कोशी प्रदेश सरकारको गठन विषम परिस्थितिमा भएकाले कुनै पनि प्रदेशको सरकारमा यसको प्रभाव नपर्ने बताउनुभयो ।

कोशी प्रदेशलाई मध्यावधिबाट जोगाउन पनि सरकार गठन आवश्यक थियो भन्नुहुँदै उहाँले कोशी प्रदेशमा जुन समस्या थियो त्यो समाधान भएको र बाँकी समस्या पनि चाँडै समाधान हुने बताउनुभयो ।

उहाँले केन्द्रको गठबन्धनको सरकार परिवर्तन हुन्छ भन्ने कुरा हल्ला मात्र भएको र अहिलेको अवस्थामा अरू दलसँग मिलेर आफूलाई प्रधानमन्त्री बन्ने कुनै मनसाय नरहेको प्रष्ट पार्नुभयो ।

नेता कोइरालाले गठबन्धनकै कारण देशको अवस्था सुध्रने र नसुध्रने नभई मुलुकको अवस्था सुधार्न सरकार चलाउनेहरूको इच्छाशक्ति बलियो हुनु आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले मुलुकको अर्थतन्त्र व्यवस्थित गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button