तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश स्तरीय एकीकृत वार्षिक स्वास्थ्य समीक्षा गोष्ठी धनगढीमा शुरु

धनगढी । कैलालीको धनगढीमा आजदेखी स्वास्थ्य कार्यक्रमहरूको प्रदेश स्तरीय एकीकृत वार्षिक स्वास्थ्य समीक्षा गोष्ठी शुरु भएको छ ।

प्रदेश प्रमुख देवराज जोशीले एक कार्यक्रमका बिच समीक्षा गोष्ठीको उद्घाटन गर्नुभयो । उहाँले स्वास्थ्य सेवालाई सर्वसुलभ एवं प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । स्वास्थ्य उपचार सेवामा जनताको सहज पहुँच पुग्ने गरि सेवा प्रवाह गरिनु पर्नेमा उहाँले जोड दिनुभयो ।

मुख्यमन्त्री कमल बहादुर शाहले स्वास्थ्य क्षेत्रको विकासलाई सरकारले प्राथमिकता दिएको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रका लागि बजेटको अभाव हुन दिने छैन भन्नुभयो ।

सामाजिक विकास मन्त्री झपट बहादुर साउदले स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रदेश सरकार एकिकृत नीति, योजना, कार्यक्रम सहित अघि बढिरहेको बताउनुभयो ।

स्वास्थ्य निर्देशक डाक्टर जगदिश जोशीले स्वास्थ्य समीक्षा गोष्ठीमा आव २०७९र८० का सम्पादित कार्यक्रमबारे छलफल हुने बताउनुभयो ।

स्वास्थ्य निर्देशनालय डोटीद्वारा आयोजित समीक्षा गोष्ठी असोज २७ गते सम्म चल्ने छ । गोष्ठीमा प्रदेशका नौ वटै जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुख लगायतको सहभागिता रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button