तपाईँ सुन्दै हुनुहुन्छः

‘संविधानले दिएको अधिकार जनताले उपभोग गर्न सकेका छैनन्’

सप्तरी । पूर्व प्रधानमन्त्री तथा नेकपा (एस)का वरिष्ठ नेता झलनाथ खनालले संविधानले दिएका हक, अधिकारहरू जनताले अझैसम्म उपभोग गर्न नसकेको बताउनुभएको छ ।

नेकपा (एस)ले थालेको मेची-महाकाली समाजवादी जागरण अभियान (२०८०) लाई सोमबार राजविराजमा सम्बोधन गर्दै उहाँले जनक्रान्तिले ल्याएको शासन व्यवस्थामा पनि जनताले मौलिक अधिकारको प्रत्याभूति गर्न नसकेको बताउनुभयो ।

उहाँले सरकारले जनताको आवश्यकतालाई सम्बोधन गर्न नसकिरहेको बताउँदै मुलुकमा पुँजीवादी व्यवस्थाले आर्थिक संकट, महँगी बढिरहेको आरोप लगाउनुभयो । यी सबै समस्या समाजवादले मात्र समाधान हुनसक्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button