तपाईँ सुन्दै हुनुहुन्छः

‘विकासका लागि सबै सरोकारवाला एकै ठाउँमा उभिनुपर्छ’

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले निजी क्षेत्रको विकासका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।

टीकापुर उद्योग वाणिज्य सङ्घको २४ औँ वार्षिक साधारण सभाको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री शाहले कुनै पनि क्षेत्रको विकास गर्नुछ भने सबै सरोकारवालाहरू एकै ठाउँमा उभिनुको विकल्प नभएको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको कृषि, उद्योग र पर्यटन क्षेत्रलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै उहाँले निजी क्षेत्रको पनि सहयोग आवश्यक रहेको बताउनुभयो ।

मुख्यमन्त्री शाहले आफूमा भएको सकारात्मक पाटोलाई लिएर अगाडी गएको खण्डमा विकास गर्न सहज हुने भन्दै जुनसुकै क्षेत्रमा पनि राजनीति गर्न नहुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button