तपाईँ सुन्दै हुनुहुन्छः

मेस्सीको नेतृत्वमा इन्टर मियामीले जित्यो लिग कपको उपाधि 

वासिङ्टन । लिओनेल मेस्सीको उत्कृष्ट गोलको मद्दतमा इन्टर मियामीले नासभिललाई पेनाल्टी सुटआउटमा १०–९ ले पराजित गर्दै लिग कपको उपाधि जितेको छ ।

न्याशभिलको जियोडिस पार्कमा भएको खेलको २३ औँ मिनेटमा अर्जेन्टिनी विश्वकप विजेता मेस्सीले बायाँ खुट्टाको माथिल्लो बायाँ कुनामा प्रहार गरेको बललाई गोलमा परिणत गर्दै अर्जेन्टिनालाई अग्रता दिलाउनु भएको थियो । 

साम सुरिजको कर्नरबाट दिएको बललाई हेडिङको सहायतामा बलम फाफा पिकाल्टले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याउनु भएको थियो ।

निर्धारित ९० मिनेटको खेलको अन्तिम चरणमा दुवै टोलीले नाटकीय जितको अवसर पाएका थिए ।

पछि, ड्रेक क्यालेन्डरले पेनाल्टी सुटआउटमा दुई बचाउ गरेपछि निर्णायक पेनाल्टीलाई गोलमा परिणत गर्दै इन्टर मियामीका समर्थकलाई खुसी पार्नुभएको थियो । 

इङ्ल्यान्डका पूर्व कप्तान डेभिड बेकह्यामको स्वामित्वमा रहेको फ्लोरिडा क्लबमा आबद्ध भएयता मेस्सीले छ खेलमा नौ गोल गरिसक्नुभएको छ ।   

लिग कप संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोका क्लबहरूको एक वार्षिक प्रतियोगिता हो ।रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button