तपाईँ सुन्दै हुनुहुन्छः

राजविराज स्थित हुलाकी रोडमा पर्ने अतिक्रमित संरचना भत्काउँदै, घर धनीको रोक्ने प्रयास जारी

सप्तरी । सप्तरीको राजविराज नगरपालिका स्थित हुलाकी सडकमा पर्ने कञ्चनपुर रोडमा अतिक्रमण गरी बनाएको संरचना शनिवार डोजर लगाएर भत्काउन लागेपछि केही घर धनीले रोक्ने प्रयास गरेका छन्।

राजविराज नगरपालिका वडा नं. ३ र ८ मा पर्ने कञ्चनपुर रोडस्थित हुलाकी राजमार्गको दायाँ बायाँ ७.५/७.५ मिटर जग्गा खाली गराउन आज राजविराज नगरपालिकाले  डोजर लगाएपछि केही घर धनीले रोक्ने प्रयास गरेका हुन ।  

वडा कार्यालय ८,१,२ र ३ तथा राजविराज नगरपालिकाले ७ दिन अघि नै सूचना जारी गर्दै कञ्चनपुर रोडको दायाँ बायाँ भौतिक संरचना हटाउन समय सीमा शुक्रवार सकेपछि डोजर लगाएर सडक बिस्तार गर्दै छ। 

नगरपालिकाले शनिवार बिहान देखि पुनः नापजाँच गरि  डोजर लगाएर मूल सडकको दायाँ बायाँ ७.५/७.५ मिटरमा बनाइएको भौतिक संरचना हटाउने लागेको राजबिराज वडा ८ का वडाध्यक्ष तथा नगरका प्रवक्ता जयनारायण मण्डलले जानकारी दिनु भयो।

राजबिराज नगरपालिका कार्यवाहक नगरप्रमुख इसरत परबिनले पूर्वसूचना अनुसार शनिवार बिहानैदेखि नापजाँच गरी संरचना भत्काउने काम सुरु गरेको बताएपनी तर घर धनीले पटक पटक अन्याय भएको मानिन्न भने पछि बिच/ बिचमा अतिक्रमण हटाउन काममा बाधा पुगेको थियो।

हुलाकी सडक निर्माण गर्नका लागि राजविराज नगरपालिकाको वडा ६,७, ३ , ८,२ , १ र १० राजरंगशाला र कञ्चनपुर रोड भएर सिरहा रोड भएर हुलाकी राजमार्गको नक्सांकन भइसकेको नगरपालिकाले जनाएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button