तपाईँ सुन्दै हुनुहुन्छः

बजेट अनुत्पादक क्षेत्रमा धेरै लगानी हुनु दुखद : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकारले अनुत्पादन क्षेत्रमा धेरै बजेट लगानी गर्नुपर्दा आफूलाई दुःख लागेको बताउनुभएको छ ।

गोरखा नगरपालिका न्यायिक समितिको आयोजनामा आज गोरखा सदरमुकाममा भएको जिल्ला स्तरीय न्यायिक समितिका पदाधिकारीको भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले प्रदेश सरकारले प्राथमिकताका आधारमा मात्र विकासमा लगानी गर्ने बताउनुभयो ।

उहाँले स्थानीय तहका जनप्रतिनिधिहरूले पनि योजना छनोट र प्रस्ताव गर्दा धेरै भन्दा धेरैले लाभ लिनसक्ने क्षेत्रमा प्राथमिकता दिएर योजना निर्माण गर्नुपर्ने बताउनुभयो ।

‘अमरसिंह जस्ता बहादुर गोरखाका गहना हुन्’
यसैबीच मुख्यमन्त्री पाण्डेले अमरसिंह जस्ता बहादुर नेताका कारण गोरखालीको शिर उँचो भएको बताउनुभएको छ ।

जिल्लाको सिरानचोक गाउँपालिका ६ स्थित अमरसिंह पार्क परिसरमा आज आयोजित थापाको २०७ औँ स्मृति दिवसलाई तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, ‘अमरसिंह थापाले हिजो नलडेका भए आज हामीहरू यो स्थानमा आउने थिएनौँ, इतिहासका बहादुरहरूलाई जीवन्त राख्न प्रदेश सरकार तयार छ । ’

प्रतिक्रिया राख्नुहोस्

Back to top button