तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु

File Photo

सुनसरी । असार २९ गते । झापा, मोरङ र धनकुटाको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । 

हिजो झापाको शिवसताक्षी नगरपालिका–१ स्थितमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको प्र. १–०१००२ ह २६७ नम्बरको अटो र सोही दिशा तर्फ जाँदै गरेको मे। ७ प ८५९४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

 दुर्घटनामा परेर मोटरसाईकलमा पछाडि सवार बुद्धशान्ति गाउँपालिका-७ का ४० बर्षीय उपेन्द्र सिग्देलको लाइफलाइन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो भने चालक अर्जुनधारा नगरपालिका(११ का ५७ बर्षीय जीवन सुबेदीको उपचार भइरहेको छ ।

 त्यस्तै झापाको मेचीनगर नगरपालिका(१२ मेची राजमार्ग स्थितमा मे।१ ज २९३३ नम्बरको गाडीले पैदल यात्रीलाई ठक्कर दिँदा स्थानीय ३५ बर्षीय राजन बि।क।को घटना स्थलमै मृत्यु भएको हो । 

यसैगरी मोरङको सुन्दरहरैचा नगरपालिका-१ स्थितमा को. १० प ९०१८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक स्थानीय २४ बर्षीय नवीन चौधरीको मृत्यु भएको हो भने धनकुटा नगरपालिका-९ त्रिवेणी-मुलघाट भित्री सडक खण्डमा को. ६ प २१४९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा पछाडि सवार शहिदभुमी-१ का ६५ बर्षीय नर बहादुर राईलाई उपचारको लगि जिल्ला अस्पताल धनकुटा तर्फ लाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

 घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सम्बन्धित प्रहरी कार्यालयहरूले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button