तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली स्कुस अब वैधानिक रुपमा भारतमा निर्यात हुने  

इलाम । नेपाली स्कुस अब भारतमा  वैधानिक रुपमा निर्यात हुने भएको छ ।

वर्षौंदेखि अवैध रूपमा निर्यात भइरहेको नेपालमा उत्पादन भएको स्कुसलाई प्लान्ट क्वारेन्टाइन सूचीमा समावेश गरिएको छ , योसँगै राम्रो नगदे बाली स्कुस अब भारत निर्यात सहज भएको छ ।

इलामलगायत पूर्वका विभिन्न जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ लगायतमा ठूलो परिमाणमा स्कुस उत्पादन  हुन् गरेको भए पनि  निर्यात सहज नहुँदा किसानले सास्ती खेप्नुपरेको थियो । 

कुन बेला भारतले रोक्ने हो वा बीच बाटोमा के हुने हो भन्ने चिन्ताले किसान, सङ्कलक, व्यापारी, मजदुर सबैलाई सताउने गरेको थियो । तर अब प्लान क्वारेनटाइन लिस्टमा स्कुसको नाम पनि परेपछि सहज हुने भन्दै किसान हर्षित भएका छन् । 

स्कुस इलामका सीमावर्ती क्षेत्रबाट राती  अवैध रूपमा निर्यात भइरहेको थियो । इलामको पशुपतिनगर नाकाबाट सहज रुपमा भारततर्फ स्कुस लैजान समस्या हुँदै आएको थियो । स्कुसलाई वैद्य निकासको लागि लगातार प्रयासमा लाग्नु भएका सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले नगरले ४ वर्षदेखि गरेको प्रयास सफल भएको बताउनुभयो  ।

इलामका  किसानहरूको मुख्य नगदेबाली मध्येको एक  स्कुसलाई क्वारेन्टाइन लिस्टमा राखेपछि किसानहरूले लगानीअनुसारको मूल्य पाउने नगर प्रमुख राईले बताउनुभयो । 

उहाँले अवैधानिक रुपमा  २०० भन्दा बढी श्रमिकहरूले दैनिक साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म गोरेटोको बाटोमार्फत  स्कुस बोकेर भारतमा पुर्‍याउने गरेको र कुनै पनि बेला भारतले त्यो बाटो बन्दा गर्दा हजारौँ किसानहरू र व्यवसायीहरू जोखिमा पर्ने समस्या भएको बताउँदै अब यो समस्याको अन्त्य भएको बताउनुभयो । 

नगर प्रमुख राईले सूर्योदय नगरपालिकाले विगत चार वर्षदेखि निरन्तर संघीय सरकार, मन्त्रालय, Plant Quarantine Regulation & Monitoring Section, Plant Quarantine and Pesticide Management Centre , Lalitpur सँग भारतको Plant Quarantine List मा राख्न पहललाई निरन्तरता दिएको र यसलाई सफल बनाउन साथ दिएकोमा सरकार मन्त्रालय सचिवलगायत सबैलाई धन्यवाद दिनुभयो । 

स्कुस खेतीबाट एक किसानले तीन लाखदेखि २६ लाखभन्दा माथिसम्म वार्षिक आम्दानी गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button