तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा भिर बाट लडेर १० वर्षीया बालिकाको मृत्यु 

बाजुरा । बाजुरामा भिर बाट लडेर एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बडिमालिका नगरपालिका वडा नम्बर–८ पुजारी  टोलका  हिक्मत रावल र कमला रावलकी १० वर्षीय  छोरी  ललिता रावल रहेकी छन्। मङ्गलवार सदरमुकाम मार्तडी नजिकैको झाल्या लेक बाट घरका लागि हिँडेकी ललिता भिर बाटो भन्ने ठाउँ बाट लडेर घटना स्थलमै मृत भेटिएकी  उनका शिक्षक बलवान् अयडिले बताउनु भयो।

बालमन्दिर आधारभूत विद्यालय कक्षा ४ मा अध्ययनरत छात्रा ललिता आमासँग गाई वस्तु हेर्न लेक तिर गएकी थिइन्। बुवा हिक्मत रावल भने वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका शिक्षक अयडिले बताउनुभयो ।  हिंउदको मौसममा घरमै बस्ने र वर्षाको मौसममा कामको शिलशिलामा लेकतिर जानु पर्ने यहाँका बालबालिकाको बाध्यात्मक परिस्थिति रहेको छ ।

भौगोलिक विकटता सँगै सहज गोरेटो बाटो नहुनुका कारण बाजुरामा बर्सेनि दर्जनौँ नागरिकहरूले भिर बाट लडेर ज्यान गुमाउनु पर्ने बाध्यात्मक अवस्था रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button