तपाईँ सुन्दै हुनुहुन्छः

हिमाली जिल्ला बाजुरामा समयमै आइपुग्याे पाठ्यपुस्तक 

बाजुरा । हिमाली जिल्ला बाजुरामा  यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुगेका छन् ।  विगतका वर्षमा शैक्षिक सत्र सुरु हुँदा पनि किताब  नपुग्ने बाजुरामा यो वर्ष समयमै किताब आएकाले विद्यार्थीहरू पनि निकै खुशी देखिएका छन्। 

सामुदायिक विद्यालयका विद्यार्थी सङ्ख्याका आधारमा शैक्षिक सत्रका लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरेर शिक्षा मन्त्रालयको  निर्णय बमोजिम नै किताब आउने क्रम जारी रहेको जिल्ला शिक्षा तथा समन्वय इकाइ बाजुराका प्रमुख हर्क सिंहले जानकारी दिनुभयो। 

जनक शिक्षा सामग्री केन्द्रले यो वर्ष समयमै किताब छापेकाले चाँडै ल्याउन सकिएको यहाँका स्टेशनरी सञ्चालकहरूको भनाइ रहेको छ। 

पहिलो चरणमा जिल्लाका बडिमालिका र बुढिगंगा नगरपालिकाका सामुदायिक विद्यालयका लागि आवश्यक पाठ्यपुस्तक सदरमुकाम मार्तडीमा  आइपुगेको डेल्टा स्टेशनरीका सञ्चालक नृप खातीले बताउनुभयो ।

बडिमालिका र बुढिगंगा नगरपालिकाका सामुदायिक विद्यालयका कक्षा १ देखि १० सम्मका आवश्यक  किताब जिल्लामा  पुगिसके भने  बाँकी ढुवानीकै क्रममा छन् खातीले भन्नुभयो ।   

स्थानीय पुस्तक तथा स्टेशनरी व्यवसायीले आउँदो शैक्षिक सत्रका लागि सरकारी विद्यालयलाई किताब बिक्री गर्न थालिसकेका छन् । जिल्लामा सञ्चालित २ सय ३७ ओटा सामुदायिक विद्यालयमा रहेका जिल्ला शिक्षा तथा समन्वय इकाइ बाजुराले जनाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ वटै जिल्लामा वैशाखदेखि शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेसँगै बाजुरामा पनि त्यहीअनुसार शैक्षिक कार्यक्रम लागू हुने भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button