तपाईँ सुन्दै हुनुहुन्छः

विद्युत् लाइन विस्तारमा भारतीय सुरक्षाकर्मीको अवरोध

कञ्चनपुर। विद्युत् लाइन विस्तार गर्ने क्रममा बेलौरी नगरपालिका–८ मा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई लाइन विस्तार गर्नबाट भारतीय सीमा सुरक्षा बल (एसएबी)ले आज अवरोध गरेको हो । हुलाकी सडकखण्डको कालो पुलदेखि पचुँईसम्मको क्षेत्रमा विद्युत् लाइन विस्तारका लागि पुगेका प्राधिकरणका कर्मचारीलाई माथि कुरा गर्नोस् भन्दै लाइन विस्तार गर्न नदिएका हुन् ।

हुलाकी सडकको किनारै किनार विद्युत्को पोल गाड्ने कार्य भइरहेका बेला पुगेको एसएसबीको टोलीले कार्य रोकेको प्राधिकरण बेलौरी वितरण केन्द्रका प्रमुख कपिल जोशीले बताउनुभयो । विद्युत् लाइन विस्तारका लागि जगदम्बा बेताल कन्स्ट्रक्सनले ठेक्का पाएको छ । चालु आवभित्रै कार्य सक्ने गरी ठेक्का सम्झौता गरिएको छ ।

विद्युत् लाइन विस्तारमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेपछि पोल गाड्ने कार्य अलपत्र परेको छ । स्थानीय बासिन्दाले हुलाकी राजमार्ग क्षेत्रको जग्गा नेपालकै भए पनि भारतीय पक्षले पटक पटक अवरोध गरी दुःख दिने गरेको गुनासो गरेका छन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले विद्युत् लाइन विस्तारमा के कारणले कार्य रोकेको रहेछ, बुभ्mने प्रयासमा रहेको बताउनुभयो । यसअघि हुलाकी राजमार्गको पचुँई क्षेत्रमा भारतीय पक्षले सडक कालोपत्र गर्ने कार्यमा अवरोध गर्दै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button