तपाईँ सुन्दै हुनुहुन्छः

कामदारहरूको सुरक्षा सुनिश्चितताका लागि सूचना तथा सचेतनाको आवश्यक छः मन्त्री अर्याल

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले कामदारको सामाजिक तथा स्वास्थ्य सुरक्षाका लागि रोजगारदाता र कामदार दुवै पक्ष संवेदनशील बन्नुपर्ने बताउनुभयो ।

मन्त्रालयमा आज आयोजित व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताहको शुभारम्भ समारोहमा मन्त्री अर्यालले कामदारहरूको सुरक्षा सुनिश्चितताका लागि आम नागरिकमा सूचना तथा सचेतनाको आवश्यकता रहेको बताउनुभयो ।

मन्त्री अर्यालले व्यवसायजन्य सुरक्षामा हुने चुनौती तथा समस्या समाधानका लागि कामदार, रोजगारदाता र सरोकारवाला सबैले इमान्दारीपूर्वक दायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो ।

समारोहमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनका नेपाल निर्देशक नुमन ओज्कनले जलवायु परिवर्तन र कामदारको सुरक्षा तथा स्वास्थ्य सुनिश्चितता अत्यावश्यक र संवेदनशील विषय भएको बताउनुभयो ।

यस्तै कार्यक्रममा सहभागी विभिन्न सरोकारवाला संघ सङ्गठनका प्रमुख तथा प्रतिनिधिहरूले जलवायु परिवर्तनको प्रभावबाट कार्यस्थलमा हुने संक्रमण तथा स्वास्थ्य समस्याहरू वृद्धि भइरहेको अवस्थामा सम्पूर्ण कामदारको सुरक्षा राष्ट्रिय बहसको विषय बन्नुपर्ने बताउनुभयो ।

“जलवायु परिवर्तनको वर्तमान अवस्था, काममा सुरक्षा र स्वास्थ्यको सुनिश्चितता” नारा साथ वैशाख १६ गते देखी २२ गतेसम्म व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह मनाइँदै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button