तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

नवलपरासी पश्चिम् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सुनवल नगरपालिका–१२ स्थित भूमही चोकमा भारतीय नम्बरको यूपी ५५ बीटी २५४६ नम्बरको ट्रकले लु २६ प ९२८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहोराका अनुसार स्कुटरमा सवार सुनवल १३ का ५५ वर्षीय कर्णबहादुर गुरुङ र चालक स्थानीय ३७ वर्षीय कमला घर्ती मगर घाइते भएका थिए । घाइतेमध्ये कमला घर्ती मगरको उपचारका क्रममा मृत्यु भएको हो । टाउको र छातीमा गम्भीर चोट लागेको अवस्थामा घर्तीलाई पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारका लागी ल्याइए पनि चिकित्सकबाट मृत घोषणा गरिएको थियो। गुल्मी स्थायी घर भएकी घर्ती सुनवल १३ सुन्दर बस्तीमा कोठा भाडा लिएर बस्दै आएको बताइएको छ ।

घाइते गुरुङको खुट्टा र हातमा चोट लागेको छ भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारीका चालक भारतका श्रवण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी रेशम बोहराले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button