तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस गठबन्धन भत्काउने पक्षमा छैन : केन्द्रिय सदस्य केसी

चितवन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले काँग्रेस अहिलेको गठबन्धन भत्काउने पक्षमा नरहेको बताउनु भएको छ । काँग्रेस लोकतान्त्रिक मूल्य मान्यता र पद्धतिमा हिँडेको पुरानो पार्टी भएकोले अस्थिरताको पक्षमा नरहेको बताउनु भयो ।

आज भरतपुरमा प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै केसीले काँग्रेसले राष्ट्रपतिको दाबी गरेको बताउनु भयो । ‘हामी यो गठबन्धन पक्षमा छैनौँ तर राष्ट्रपतिको दाबी काँग्रेसले गर्छ ।’ राष्ट्रपतिको लागि काँग्रेसले राष्ट्रिय सहमति खोजेको उहाँले बताउनु भयो । सरकारमा काँग्रेस जान्छ त ? भन्ने पत्रकारको जिज्ञासामा उहाँले भन्नुभयो , ‘ राष्ट्रपति एउटा संस्था हो, सरकार अर्को कुरा हो, शक्ति सन्तुलनको लागि पनि राष्ट्रपति काँग्रेसले दाबी गर्छ ।’

काँग्रेस आफ्नै त्रुटि र कमजोरीका कारण प्रतिपक्षमा पुग्नु परेको उहाँको भनाई थियो । ‘काँग्रेसको नेतृत्वबाट गम्भीर त्रुटि भएको छ । काँग्रेस पार्टीले गठबन्धनको बैसाखी टेकेर चुनावमा जानुहुँदैन भनेर फरक मत राख्ने म नै हो ।’ उहाँले भन्नुभयो । काँग्रेस सशक्त प्रतिपक्ष भूमिका बाहेक अन्य विकल्प नरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button