तपाईँ सुन्दै हुनुहुन्छः

इलाम उपनिर्वाचन: काँग्रेस उम्मेदवार खड्का अगाडि

इलाम । इलाम क्षेत्र नं २ को उपनिर्वाचनको मतगणना भइरहेको छ ।

अहिलेसम्म कुल ४,०६१ मत गणना हुँदा नेपाली काँग्रेसका डम्बर बहादुर खड्काले १६५८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १६३० मत, रास्वपाका मिलन लिम्बुले ३०८ मत, स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिनले ४३० मत प्राप्त गर्नुभएको छ । साथै ४४ मत बदर भएको निर्वाचन कार्यालय इलामले जनाएको छ ।

इलाममा कुल ६९,२८७ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button