तपाईँ सुन्दै हुनुहुन्छः

इलाम–२ मतगणना : ५ हजार ३०२ मत अन्तरले एमालेका नेम्वाङको अग्रता कायमै 

इलाम । इलाम निर्वाचन क्षेत्र नं.२ मा भएको निर्वाचनको पछिल्लो मतगणनाअनुसार नेकपा(एमाले)का सुहाङ नेम्वाङको अग्रता कायम छ ।

नेम्वाङले ५ हजार ३०२ मतले नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई पछि पार्नुभएको छ । 

पछिल्लो परिणामअनुसार सुहाङले १४ हजार ६१३ मत प्राप्त गर्दा काँग्रेसका खडकाले ९ हजार ३११ मत प्राप्त गर्नुभएको छ। त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ८ हजार ५७० मत रास्वपाका उम्मेदवार मिलन लिम्बु २ हजार ५७ मत प्राप्त गर्नुभएको छ   । 

यस क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार २ सय ८७ जनाले मतदान गरेको कार्यालयले जनाएको छ । 

नेकपा एमाले उपाध्यक्ष सांसद संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम २ मा उपनिर्वाचन भएको हो।

यहाँ १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button