तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालयमा आगलागी हुँदा एघार बालबालिकाको मृत्यु

मध्य युगान्डाको मुकोनो जिल्लाको एक विद्यालयमा भएको आगलागीमा मङ्गलबार ११ बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले जारी गरेको विज्ञप्तिमा स्थानीय समयानुसार बिहान करिब १ बजे ‘स्कुल अफ द ब्लाइन्ड’मा यो दुखद घटना भएको हो ।
आगलागीको कारण हालसम्म थाहा भएको छैन । तर आगलागीमा परी ११ जनाको मृत्यु हुनुको साथै अन्य ६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । किसोगामा रहेको हेरोना अस्पतालमा गम्भीर अवस्थामा रहेको ती छ जना उपचार भइरहेको प्रहरीद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ ।
युगाण्डाका विद्यालयहरूमा बारम्बार आगलागी हुने गरेको पाइन्छ ।  गत जनवरीमा युगान्डाको राजधानी कम्पालाको एउटा विद्यालयमा आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको थियो ।
सन् २०१८, मध्य युगान्डाको एक उच्च  माध्यमिक विद्यालयमा आगलागी हुँदा कम्तीमा नौ विद्यार्थीको मृत्यु भएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button