तपाईँ सुन्दै हुनुहुन्छः

भद्रपुरबाट अवैध कपडा र काँकडभिट्टाबाट अवैध सुपारी बरामद

झापा । झापाको भद्रपुरबाट प्रहरीले दुई पोका कपडा बरामद गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भद्रपुर– ६ स्थित भानु चोकबाट आज बिहान एक लाख मूल्य बराबरको कपडा बरामद गरेको हो ।

प्रहरी स्रोतका अनुसार काँकडभिट्टा नाकाबाट अवैध रुपमा भन्सार छलेर भित्र्याइएको सो सामान भद्रपुर ल्याउन खोजिएको थियो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर– ६ स्थित पिङकी ठ्याकमा नेपालबाट भारततर्फ अवैध रुपमा लैजाँदै गरेको १४० केजी सुपारी बरामद गरेको छ ।

बरामद गरिएको सुपारीको मूल्य ८५ हजार रहेको छ । सुपारीलाई मेची भन्सार काँकडभिट्टामा बझाइएको छ भने कपडा भद्रपुर भन्सारमा बुझाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button