तपाईँ सुन्दै हुनुहुन्छः

गठबन्धनको सामना गर्न एमाले तयार: अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताउनुभएको छ । 

आजै गृह जिल्ला झापा आइपुग्नुभएका उहाँले कचनकबलको बनियानीमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको सामना गर्न एमाले तयार रहेको बताउनुभएको हो । उहाँले एमाले कार्यकर्तालाई उच्च मनोबल र जितको मानसिकता बोकेर चुनावी अभियानमा लाग्न निर्देशन दिनुभयो । 

तीन दिन झापामै रहने
अध्यक्ष ओली आज दिउँसो गृह जिल्ला झापा आउनुभएको हो । उहाँ तीन दिन झापाका पार्टी कार्यक्रममा व्यस्त रहनुहुने बताइएको छ । तीन साताअघि पनि उहाँ चार दिन झापाको पार्टी कार्यक्रममा सहभागी भएर राजधानी फर्किनुभएको थियो ।

उहाँको संसदीय क्षेत्रका प्रतिनिधि एवं एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार कचनकबल, बिर्तामोड, गौरादह, दमक र इलामको चुलाचुलीमा आयोजना हुने कार्यक्रममा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button