तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरको एक विद्यालयलाई फ्रिजी लाइट अष्ट्रियाको आर्थिक सहयोग 

भोजपुर । भोजपुरको बहिरा आवासीय आधारभूत विद्यालयका लागि अष्ट्रियाको संस्था फ्रिजी लाइटले आर्थिक सहयोग गरेको छ । 

विद्यालय र विद्यार्थीका लागि सहयोग रकम प्रदान गरिएको हो । 

अष्ट्रियाका नागरिक फ्रिजी ग्रिफले विद्यालयका लागि ५० हजार ४ सय सहयोग गरेको विद्यालयका प्रधानाध्यापक सरिता तामाङले जानकारी दिनुभयो । 

७७ वटै जिल्लामा फ्रिजी लाइटले सहयोग गर्ने लक्ष राखेको छ । भोजपुर बाहेक ६५ वटा जिल्लामा सहयोग भई सकेको छ । फ्रिजी लाइट अष्ट्रियाका प्रतिनिधि छिरिङ शेर्पाले सो सहयोग रकम बिहीबार विद्यालयका प्रधानाध्यापक तामाङलाई हस्तान्तरण गर्नुभएको छ । 

२०७५ सालबाट सञ्चालनमा आएको आवासीय विद्यालयमा हाल २१ जना बिद्यार्थीहरु अध्ययनरत छन् । 

विद्यालय सञ्चालनमा विभिन्न निकायहरूबाट समय समयमा हुने सहयोगले टेवा पुग्दै आएको प्रधानाध्यापक तामाङको भनाई रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button