तपाईँ सुन्दै हुनुहुन्छः

एमालेलाई चुनाव लड्न कसैसँग गठबन्धन गरिरहनुपर्ने आवश्यकता छैन : अध्यक्ष ओली

भद्रपुर, झापा । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न संसदीय निर्वाचनमा आफ्नो पार्टीले कसैसँग गठबन्धन नगर्ने बताउनुभएको छ ।

झापाको क्षेत्र नं ३ अन्तर्गत कचनकवलमा पार्टीले आज आयोजना गर्न लागेको बृहत् आमसभा एवम् पार्टी प्रवेश समारोहलाई सम्बोधन गर्न झापा आइपुग्नुभएका अध्यक्ष ओलीले चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेलाई चुनाव लड्न कसैसँग गठबन्धन गरिरहनुपर्ने आवश्यकता नरहेको उल्लेख गर्नुभयो । 

“नेकपा एमाले जनताले पत्याएको, आशा–भरोसा बोकेको, बलियो सङ्गठन भएको पार्टी हो” राप्रपासँग एमालेले गठबन्धन गर्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले भन्नुभयो – “गठबन्धन कमजोरहरूले गर्ने हो, बलियोले होइन ।”

अध्यक्ष ओलीले सत्तासीन दलहरूको गठबन्धनतर्फ सङ्केत गर्दै विचार सिद्धान्त नमिल्नेहरू बीचको गठबन्धन केवल सत्ताको वरिपरि घुमिरहने प्रपञ्च बाहेक केही नभएको बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button