तपाईँ सुन्दै हुनुहुन्छः

मोबाइल बैङ्किङको प्रयोग ५० प्रतिशतले बढ्यो

काठमाडौँ । नेपालमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा मोबाइल बैङ्किङको प्रयोग ५० प्रतिशतले बढेको छ ।

अघिल्लो आर्थिक वर्षमा एक करोड ३७ लाख नौ सय ९३ पटकमा ७३ अर्ब ७२ करोड ९० लाख बराबरको कारोबार भएकामा गत आवमा दुई करोड पाँच लाख ६४ हजार तीन सय आठ पटक मोबाइल बैङ्किङको प्रयोग गरी एक खर्ब ६३ अर्ब २५ करोड ५० लाख रुपैयाँको मोबाइल बैङ्किङ मार्फत कारोबार भएको छ ।

त्यस्तै डेबिट कार्डका माध्यमबाट गत आवमा एक करोड ११ लाख २७ हजार ६ सय ८३ पटकमा ८३ अर्ब २० करोडको कारोबार भएको छ ।

file photo

अघिल्लो वर्षमा यसको प्रयोग गरेर ७४ लाख ६५ हजार चार सय ३९ पटकमा ६६ अर्ब ४१ करोड ७० लाखको कारोबार भएको थियो, जुन प्रयोगका आधारमा अघिल्लो आवको भन्दा ४९ प्रतिशतले बढी हो ।

राष्ट्र बैङ्कका अनुसार एटिएमको प्रयोग गत आवमा अघिल्लो आवका तुलनामा ४६ प्रतिशतले बढेको छ । अघिल्लो आवमा एटिएमको ६९ लाख १९ हजार एक सय ९९ पटक प्रयोग भई ६४ अर्ब ३८ करोड ९० लाख कारोबार भएकोमा गत आवमा एक करोड एक लाख ६९ हजार तीन सय ३१ पटकमा रु ७९ अर्ब ४५ करोड ८० लाखको कारोबार भएको छ ।

त्यस्तै समीक्षा अवधिमा कनेक्ट आइपिएसको प्रयोग ३३ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ३२ लाख चार हजार आठ सय ४५ पटक कनेक्ट आइपिएस प्रयोग गरी दुई खर्ब ३७ अर्ब ७५ करोड २० लाखको कारोबार भएकोमा गत आवको समीक्षा अवधिमा ४२ लाख ७० हजार ९९ पटकमा रु तीन खर्ब ६९ अर्ब २२ करोड ३० लाखको कारोबार भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button