तपाईँ सुन्दै हुनुहुन्छः

फुटबल टोलीको औपचारिक प्रशिक्षण शुक्रबार सुरु हुने

काठमाडौँ । बङ्गलादेश विरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको औपचारिक प्रशिक्षण शुक्रबार सुरु हुने भएको छ ।

छनोटमा परेका ४० खेलाडीलाई बुधबार दिउँसो सम्पर्कका लागि डाकिएको अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो ।

दशरथ रङ्गशालामा असोज ११ गते हुने बङ्गलादेश विरुद्धको मैत्रीपूर्ण खेलका लागि मात्र राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका प्रदीप हुमागाईँ बुधबार बिहान अमेरिकाबाट स्वदेश फर्किनुभएको छ ।

एन्फाले बिहीबार दिउँसो ३ः३० बजे नव नियुक्त प्रवक्ता शाह र मुख्य प्रशिक्षक हुमागाईँको सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम राखेको छ ।

एन्फाले मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीका बारेमा निर्णय लिने जिम्मेवारी महासचिव किरण राईलाई दिएको छ । हुमागाईँको सिफारिसमा एन्फाले आइतबार ४० खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएको थियो । छनोटमा युवा र अनुभवी खेलाडीलाई समेटिएको छ । अलमुताइरीले बाहिर राखेका कप्तान किरण चेम्जोङ सहितका खेलाडी प्रारम्भिक छनोटमा परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button