तपाईँ सुन्दै हुनुहुन्छः

सरकारी वकिल कार्यालय भवनको शिलान्यास

सुर्खेत । महान्यायाधिवक्ता खम्वबहादुर खातीले जिल्ला सरकारी वकिल कार्यालय भवनको शिलान्यास गर्नुभएको छ ।

महान्यायाधिवक्ता खातीले बुधबार वीरेन्द्रनगरमा एक औपचारिक कार्यक्रमबीच अत्याधुनिक सुविधा सम्पन्न तीन तले भवनको शिलान्यास गर्नुभएको हो ।

त्यस अवसरमा महान्यायाधिवक्ता खातीले कर्णाली प्रदेशको राजधानीको मुटुमा बन्न लागेको भवनले फरक महत्त्व बोकेकाले गुणस्तर कायम गर्ने कुरामा कति पनि सम्झौता नगरी तोकिएको समयभित्रै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीसँग आग्रह गर्नुभयो ।

उहाँले सुविधा सम्पन्न भवनबाट सरकारी वकिलको बौद्धिक तथा व्यावसायिक विकाससँगै निष्ठापूर्वक वस्तुनिष्ठ प्रमाणको मूल्याङ्कन गरेर अभियोजन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता नवीनकुमार भट्टले नयाँ भवनहरूको निर्माणले सरकारी वकिल कार्यालयबाट दिइने सेवा थप प्रभावकारीसँगै गुणस्तरीय प्रदान गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले ५ करोड लागतमा बन्न लागेको भूकम्प प्रतिरोधी भवन आगामी दुई वर्षभित्रमा निर्माण सम्पन्न हुने लक्ष्य रहेको जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button