तपाईँ सुन्दै हुनुहुन्छः

साढे सात हजार मेट्रिकटन युरिया मल आउन शुरु 

विराटनगर । किसानको आवश्यकता अनुसार साढे सात हजार मेट्रिक टन युरिया मल विराटनगर आउन शुरु भएको छ ।

नेपाल सरकारले प्रदेश न १ का किसानका लागि  खरिद गरेको साढे सात हजार मेट्रिक टन युरिया मल विराटनगरस्थित कृषि सामाग्री कम्पनी लिमिटेडको गोदाम घरमा आउन शुरु गरेका  कार्यालयका प्रमुख नरेशकुमार सापकोटाले बताउनुभयो । 

कलकत्ता बन्दरगाहबाट जोगवनी नाका हुँदै अहिले सम्म ३३ सय मेट्रिक टन युरिया मल कार्यालयका गोदाममा आइपुगेको बाकी युरिया मल बाटोमा आउँदै गरेकाले आइसकेका युरिया  मल आइतबारदेखि सहकारी संस्थाहरूलाई  वितरण गरिन लागेको हो । 

कार्यालय अन्तर्गतका प्रदेश १ का १४ वटा जिल्ला र मधेश प्रदेशको  लहान र राजविराज कार्यालयबाट युरिया मल बिक्री वितरण गरिने जनाइएको छ । 

पर्सी आइतवारदेखि विराटनगरस्थित कार्यालयबाट युरिया मल तथा कार्यालयमा मौजाद रहेको १ सय ५४ मेट्रिक टन डिएपी वितरण गरिने कार्यालय प्रमुख सापकोटाले  बताउनुभयो । 

सहकारी मार्फत मोरङ जिल्लाका लागी १२ सय १० मेट्रिक टन युरिया वितरण गरिने जनाइएको छ । एउटा सहकारीले करिब ९० बोरा युरिया मल पाउन भएकाले किसानहरूलाई सहकारीमा आएर युरिया खरिद गर्न समेत उहाँले आग्रह गर्नुभयो । 

चालु आर्थिक वर्षमा  आन्तरिक ढुवानीका लागी ठेक्का नलागेकाले प्राप्त युरिया धनकुटा, इलाम र विर्तामोड कार्यालयबाट युरिया बिक्री वितरण नहुने भएको छ । 

धान रोपेको ३५ दिनभित्र धानवालीमा युरिया मलको  प्रयोग गर्नुपर्ने हुन्छ । केही ढिलै भएपनि युरिया मल पाउने भएपछि  आफूहरूलाई राहत हुने किसानहरूले बताएका छन् ।

प्रदेश न १ मा धानबालीका लागि २० हजार मेट्रिक टन युरिया आवश्यक पर्छ । सो कार्यालयले प्रति वोरा युरिया मल ७ सय ५० रुपैयाँ, डिएपी २२ सय रुपैयाँ तथा पोटास १६ सय रुपैयाँ प्रति वोरा बिक्री गर्दै आएको छ । मोरङ जिल्लाका १७ वटा पालिकामा अढाई सयभन्दा बढी सहकारी संस्था रहेको र उक्त सहकारीहरूले  कृषकहरूलाई रासायनिक मल बिक्री गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button