तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीबाट तीन लाख ५६ हजार ५५५ किलो जडीबुटी र खोटो निकासी

बैतडी । आर्थिक वर्ष २०७८/७९मा बैतडी जिल्लाबाट तीन लाख ५६ हजार ५५५ किलो जडीबुटी र खोटो निकासी भएको छ । खोटो र जडीबुटी निकासीबाट करिब १३ लाख राजश्व सङ्कलन भएको छ ।

गत आर्थिक वर्षमा सल्लोको खोटो वनपैदावार लगायत जडीबुटी निकासीबाट रु १० लाख २१ हजार र चमेलिया जलविद्युत आयोजनाले वन क्षेत्र प्रयोग गरेबापत दुई लाख ११ हजार ७९० गरी १२ लाख ७० हजार ९८६ राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताउनुभयो ।

गत आर्थिक वर्ष रीट्ठा, तेजपात, अमला, गुच्चेच्याउँ, दालचिनी, पाषणवेद लगायत जडीबुटीका साथै दुई लाख २० हजार ६३० किलो खोटो जिल्लाबाट निकासी भएको उक्त वन कार्यालयले जनाएको छ ।

जिल्लामा ३७२ ओटा सामुदायिक वनबाट सल्लाको खोटो सङ्कलन र जडीबुटीहरू समेत निकासी हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button