तपाईँ सुन्दै हुनुहुन्छः

क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक प्रभाकर नियुक्त

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक मनोज प्रभाकर नियुक्त भएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । भारतका पूर्व अलराउण्डर प्रभाकर रणजी ट्रफी विजेता प्रशिक्षक हुन् ।

प्रभाकरले भारतका लागि ३९ टेस्ट र १ सय ३० एक दिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए । उनले अफगानिस्तानको बलिङ प्रशिक्षक रहेर काम गरिसकेका छन् । यस्तै उनले दिल्ली, राजस्थान र युपी क्रिकेट एसोसियनलाई रणजी ट्रफी जिताएका थिए ।

मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button