तपाईँ सुन्दै हुनुहुन्छः

आवश्यकतानुसार गाजामा सैन्य कारबाही जारी रहने

जेरुसेलम। इजरायलका प्रधानमन्त्री यायर ल्यापिडले आवश्यकताअनुसार गाजामा सैन्य कारबाही जारी रहने बताउनुभएको छ । इजरायल प्यालेष्टाइनबीच गाजामा जारी भीषण लडाइँ तेस्रो दिनमा प्रवेश गरेको सन्दर्भमा प्रधानमन्त्रीको उक्त भनाइ सार्वजनिक भएको हो ।

रक्षामन्त्री बेनी गान्टज् सँगको संयुक्त वक्तव्यमा उहाँले प्यालेस्टिनी इस्लामिक लडाकासँग सम्बन्धित निशाना र इजरायलमाथि रकेट आक्रमण गर्ने टोलीलाई विफल तुल्याउन सैन्य कारबाही थालिएको जानकारी दिँदै आवश्यकतानुसार त्यहाँ इजरायली सेनाले कारबाही जारी राख्ने बताउनुभयो ।

शान्ति पुनःस्थापना तथा गाजा क्षेत्रमा बसोबास गर्नेहरूलाई जोखिममुक्त नबानाएसम्म जेहादीविरुद्धको कारबाही जारी रहने रक्षामन्त्रीले बताउनुभयो ।

यसैबीच, गाजा क्षेत्रका प्यालेस्टिनी अधिकारीहरूले शुक्रबारदेखि भएको हवाई आक्रमणमा ३१ जनाको मृत्यु भएको बताएका छन् । शुक्रबार दिउँसो इजरायली वायुसेनाले गरेको कारबाहीमा प्यालेस्टिनी इस्लामिक जिहादका एकजना वरिष्ठ कमाण्डरको मृत्यु भएपछि गाजामा युद्ध चर्केको हो ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button