तपाईँ सुन्दै हुनुहुन्छः

पहिरो पीडितलाई ५० हजार सहयोग

अछाम । अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलूका पहिरोबाट ज्यान गुमाएकाहरूको आफन्तलाई आर्थिक सहयोग गरिएको छ । 

यही साउन ८ गते राति पहिरोले घर पुरिदा अमर बिष्टका भाइ विरेन्द्र विष्ट, भतिजा संविधान विष्ट र भाउजु हरिकला विष्टको घटनास्थलमै मृत्यु भएपछि विपद्को बेला मलम स्वरूप पंचदेवल विनायक नगरपालिका वडा नम्बर ८ बारलाका युवा व्यवसायी राजेन्द्र शाहीले ५० हजार आर्थिक सहयोग गर्नुभएको हो ।

कैलाली जिल्लाको टिकापुरमा कञ्चन खाद्य उद्योग प्रालिका सञ्चालन समेत रहेका शाहीले पीडितको घर निर्माण तथा आफन्त गुमाएकालाई राहत पुगोस् भन्नेका उद्देश्यका साथ सहयोग गरेको बताउनुभयो ।

पीडितलाई नेपाल सरकारको तर्फबाट जिल्ला प्रशासनले ६ लाख रकम पनि प्रदान गरिसकेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button