तपाईँ सुन्दै हुनुहुन्छः

थप ६ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि 

काठमाडौँ । देशभर आज थप ६ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

१ हजार ९ सय ४२ नमूनाको पिसिआर परीक्षण गर्दा  ३ सय २६ र २ हजार ७ सय ४० नमूनाको एन्टीजेन परिक्षण गर्दा ३ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो । 

आज कोरोना संक्रमित ४ सय ४४ जना निको भएका छन् भने संक्रमित एक जनाको मृत्यु भएको छ । 

यस्तै, आज २० हजार ६ सय ६६ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button