तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामै पहिलो पटक एच ए र फिजियोथेरापी पढाई हुने

पाल्पा । पाल्पामै पहिलो पटक एच ए र फिजियोथेरापी पढाई हुने भएको छ । यो सँगै पाल्पाको तानसेनमा रहेको पाल्पा टेक्निकल इन्स्टिच्युटले जिल्लामा थप नयाँ दुई विषय अध्ययन गराउने भएको हो ।

बिहीबार तानसेनमा पत्रकार सम्मेलन गरेर इन्स्टिच्युटले एच ए, ल्याब टेक्नोलोजी र फिजियोथेरापी विषयको अध्यापन गराउने जनाएको हो । इन्स्टिच्युट बिगत २ बर्ष देखि बन्द रहेकोमा यस बर्ष देखि पुन नयाँ विषयका साथमा फेरि सञ्चालन हुन लागेको प्रिन्सिपल त्रिलोचन पौडेलले बताउनभयो । 

इन्स्टिच्युटमा महिला आवास सहितको सुविधा रहेको छ । यस अधि पढाई भइरहेका सिएम ए, अहेब तथा अनमीको कार्यक्रमले समेत निरन्तरता पाउने इन्स्टिच्युटले जनाएको छ । एच ए, ल्याब टेक्नोलोजी र फिजियोथेरापीको लागी ३६ महिने कोर्ष पुरा गर्नुपर्ने छ । इन्स्टिच्युटमा १२ जनालाई छात्रवृद्धीको व्यवस्था रहेको छ ।

२०५२ सालमा स्थापना भएको इन्स्टिच्युट २०७० सालमा नेपालकै उत्कृष्ट इन्स्टिच्युटको रुपमा पुरस्कृत भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button