तपाईँ सुन्दै हुनुहुन्छः

गृहमन्त्री खाणको निर्देशनपछि पहिरो गएको स्थानमा घाइतेको उद्धारका लागि पुग्यो हेलिकोप्टर

file photo

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि ताप्लेजुङ जिल्ला सिरीजंघा गाँउपालिका–७ खेवाङमा बिहीबार राति गएको पहिरोमा परेर घाइते भएकाहरूको उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा पुगेको छ ।

मन्त्री खाणले गृह प्रशासन, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल, सशस्त्र प्रहरी बलका प्रदेश १ का प्रमुख सशस्त्र नायब महानिरीक्षक कमल गिरी, नेपाल प्रहरीका प्रदेश १ का निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नविनराज राई, ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईलाई टेलिफोन गरेर घाइतेहरूको यथाशीघ्र उद्धारका लागि हेलिकोप्टर पठाउन निर्देशन दिनुभएको हो ।

उहाँको निर्देशनपछि हेलिकोप्टर घटनास्थलमा पुगिसकेको ताप्लेजुङका प्रजिअ पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोमा परेर घाइते भएका ३५ वर्षीय विष्णु अधिकारीलाई हेलिकोप्टरमार्फत सदरमुकाममा रहेको हेलिप्याडमा ल्याएर उपचार गर्ने र थप उपचार गर्नु पर्ने भएमा त्यही हेलिकोप्टरबाटै विराटनगर पठाउने तयारी छ । हेलिप्याडमा घाइतेको उपचारका लागि डक्टरहरू पुगिसकेको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

पहिलोमा परि ३४ वर्षीय यशोदा अधिकारी र ५९ वर्षीय तुलसा अधिकारीको मृत्यु भएको प्रजिअ पोखरेलले बताउनुभयो ।
गृहमन्त्री खाणले पहिरोबाट थप क्षति हुन नदिन सतर्क रहन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिइसकक्नु भएको छ । उहाँको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button