तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा चौधरी निर्वाचित

नेपालगञ्ज । जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा नेपाली काँग्रेसका ज्ञानेन्द्र कुमार चौधरी र उपप्रमुखमा पनि काँग्रेसकै सीता कार्की निर्वाचित हुनुभएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेश कुमार कुर्मीलाई पराजित गर्दै चौधरी प्रमुखमा निर्वाचित हुनुभएको हो । चौधरीले १३ मत र कुर्मीले ३ मत पाउनुभयो । चौधरी यसअघि जिल्ला समन्वय समितिमा उपप्रमुख हुनुहुन्थ्यो । उपप्रमुख कार्की निर्विरोध हुनुभएको हो ।

यस्तै महिला सदस्यमा जसपाबाट नेपालगञ्ज ५ की तरुन्नुम बानो शेष, माओवादी केन्द्रबाट नेपालगञ्ज ४ की रेवती दमाई र नेकपा एकीकृत समाजवादीबाट बैजनाथ ५ की चमेली थरुनी निर्वाचित हुनुभएको छ ।

दलित र अल्पसङ्ख्यक सदस्यमा भने निर्विरोध भएको थियो । नेपालगञ्ज २ का जगदीश वाल्मीकि निर्विरोध निर्वाचित हुनुभएको थियो । खुला सदस्य पनि तीन जना नै निर्विरोध हुनुभएको छ । नेपालगञ्ज ५ का उदय नारायण मिश्र, जानकी ५ का जुल्फेकार अली मनिहार र कोहलपुर १५ का सन्त कुमार थारु निर्विरोध हुनुभएको हो । तीन जना नै काँग्रेसका हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button