तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा १८ वर्षीया किशोरीको अपहरणपछि बलात्कार

नेपालगञ्ज । बाँकेमा एक किशोरीको अपहरणपछि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जाजरकोट स्थायी घर भई हाल नेपालगञ्जमा डेरा गरी बस्ने १८ बर्षीया किशोरीको अपहरणपछि बलात्कार भएको हो ।

किशोरीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा बाँके प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ । खजुरा गाउँपालिका वडा नम्बर २ पुल्चोकमा तीन जना केटा साथीसँग फोटो खिचाइरहेकी किशोरी अपहरणमा परेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । पाँच जनाको सङ्ख्यामा आएका युवाहरूले किशोरीका केटा साथीहरूलाई कुटेर लखेटेपछि अपहरण गरेका थिए ।

एक जना युवाले किशोरीलाई मोटरसाइकलमा राखेर पहिले जंगलमा पुर्‍याएर बलात्कार गरेपछि पुनः घरमा ल्याएर बलात्कार गर्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । अर्को एक जना युवालाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । कुटपिट तथा अपहरण र बलात्कारमा संलग्न अन्य युवाको खोजी भइरहेको बाँके प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button