तपाईँ सुन्दै हुनुहुन्छः

वर्षासँगै परेको हिमपातका कारण जनजीवन प्रभावित

पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरमा गएरातिदेखि परेको वर्षासँगै परेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।

जिल्लाको पौवाभञ्ज्याङ सकेपोखरी, छिन्तापुसहितका क्षेत्रमा बाक्लो हिमपात भएको स्थानीय दावा शेर्पाले बताउनुभएको छ । 

त्यस क्षेत्रमा हिमपात भएसँगै जिल्ला सदरमुकाम फिदिमलगायतका अधिकांश क्षेत्रमा हिउँदे झरीले जनजीवन थप कष्टकर भएको स्थानीयहरूको भनाई रहेको छ । 

जिल्ला सदरमुकाम लगायतका क्षेत्रमा चिसोका कारण मानिसहरूको चहलपहल घटेको छ भने व्यापार व्यवसाय नै ठप्प भएको व्यवसायीहरूले बताएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button