तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टरबाट लडेर मृत्यु

टीकापुर, कैलाली । कैलालीको टीकापुरमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको हो । टिकापुर नगरपालिका वडा नम्बर १ बनगाउँ दक्षिण पुरुवास्थित भित्री सडकमा से.१ त २१७० नम्बरको ट्याक्टरबाट लडेर जानकी गाउँपालिका वडा नम्बर ६ जगतपुरका २७ वर्षीय अम्मर चौधरीको मृत्यु भएको हो । ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनापछि फरार ट्याक्टर चालक ४० वर्षीय सत्यनारायण चौधरीलाई प्रहरीले आज बिहान पक्राउ गरी म्याद थपका लागि जिल्ला अदालत कैलाली पठाइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button