तपाईँ सुन्दै हुनुहुन्छः

ऋषिङ्ग अध्यक्ष कपको उपाधि गल्कोट नगरपालिकालाई

तनहुँ । तनहुँको ऋषिङ्ग गाउँपालिकाले आयोजना गरेको दोस्रो ऋषिङ्ग अध्यक्ष कपको उपाधि बाग्लुङ्गको गलकोट नगरपालिकाले जितेको छ । 

बुधवार सम्पन्न भएको फाइनलमा शुक्लागण्डकी नगरपालिकालाई ३–२ सेटमा पराजित गर्दै गलकोले उपाधि जितेको हो । 

पूर्वाधारसँगै खेलकुदको पनि विकास गर्न गाउँपालिकाले आयोजना गरेको अन्तर पालिका स्तरीय प्रतियोगिताको उपाधिसँगै गलकोटले नगद एक लाख ४० हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भयो । 

यस्तै उपविजेता शुक्लागण्डकी नगरपालिकाले नगद एक लाख सहित कप मेडल र प्रमाण प्राप्त प्राप्त गर्न सफल भयो । 

प्रतियोगिता द्वितीय र तृतीय क्रमशः ः स्याङ्जाको बिरुवा गाउँपालिका र  तनहुँको भिमाद नगरपालिका भएको छ । उनीहरूले नगद ६० हजार र ३० हजार पुरस्कार प्राप्त गर्न सफल भए । 

गाउँपालिकाको वडा–१ झापुटार खेल मैदानमा भएको प्रतियोगिताको विधागत तर्फ गलकोटका प्रकाश सुनार बेष्ट प्लेयर बन्न सफल हुनुभयो भने शुक्लागण्डकी नगरपालिकाका प्रदीप गुरुङ बेष्ट स्पाईकर घोषित हुनुभयो । प्रतियोगितामा बिरुवाका सन्दीप खड्का बेष्ट डिफेन्डर, शुक्लागण्डकीका प्रेम कुमार बेष्ट ब्लकर, गलकोटका मीन नेपाली बेष्ट लिफ्टर र गलकोटकै राजु विक बेष्ट सर्भरको पुरस्कार प्राप्त गर्न सफल भए । 

प्रतियोगितामा ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले विजेता समूहलाई पुरस्कार वितरण गर्दै खेलकुदको माध्यमबाट ऋषिङ्गको प्रबद्र्धनमा टेवा पुगेको बताउनुभयो । 

प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न स्थानीय तहको प्रतिनिधित्व गर्दै १६ समूहले सहभागिता जनाएको आयोजक ऋषिङ्ग गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button