तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकाबाट कोरोना भाइरस विरुद्धको १४ लाख मात्रा मोडर्ना खोप ल्याइँदै

सांकेतिक तस्बिर

काठमाडौँ । कोरोना भाइरस विरुद्धको मोडर्ना खोपको १४ लाख मात्रा आज ल्याइने भएको छ । 

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट १४ लाख ९७ हजार मोडर्ना  खोपको मात्रा ल्याउन लागिएको जानकारी दिनुभयो । 

उक्त खोप कतार एयरवेजबाट दिउँसो पौने तीन बजे काठमाडौँ आइपुग्ने छ । 

बुधवार कोभ्याक्स सुविधाअन्तर्गत ६ लाख मात्रा कोभिसिल्ड खोप भारतबाट ल्याइएको थियो । मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइनेछ ।  

यही मङ्सिर २६ गते थप १९ लाख ६५ हजार  मोडर्ना खोपको मात्रा ल्याउन लागिएको चौरसियाले बताउनुभयो । केही दिन अघि मात्र एक लाख ८४ हजार ४०० मोडर्ना खोपको मात्रा ल्याइएको थियो ।

नेपालमा अहिलेसम्म खरिद गरेर, अनुदान र कोभ्याक्समार्फत दुई करोड ७९ लाख खोपको मात्रा ल्याइएको छ । 

सरकारले बालबालिकाका लागि ४० लाख मात्रा मोडर्ना र ६० लाख मात्रा फाइजर खोप खरिद गरी पुस १५ गतेसम्म ल्याउने तयारी गरेको विभागले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button