तपाईँ सुन्दै हुनुहुन्छः

आगलागी हुँदा १० लाख बराबरको क्षति

कञ्चनपुर । कञ्चनपुरमा भान्सा कोठा र गोठमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । 

कृष्णपुर नगरपालिका–६ मेलडाँडा बस्ने खगेन्द्र खड्का र तेज बहादुर खड्काको सँगै जोडिएको भान्सा कोठा र गाई गोठमा खाना पकाउने चुलोबाट आगो सल्किदा आगलागी भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार आगलागी हुँदा दुवै जनाको गोठ तथा भान्सा घरभित्र रहेको भाडा वर्तन, काठ पात, अन्नपात, लत्ताकपडा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएका थियो । 

इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले बताएको छ । त्यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button