तपाईँ सुन्दै हुनुहुन्छः

विवाह पञ्चमीमा पाकेटमारीमा संलग्न २७ महिला सहित ५१ पक्राउ

जनकपुरधाम । जनकपुरधाममा जारी विवाह पञ्चमीमा पाकेटमारीमा संलग्न रहेका ५१ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । 

भिडभाडको मौका छोपेर पकेटमारीमा संलग्न भएका मध्ये केहीलाई मेला सुरु हुनु अघि नै तथा केहीलाई मेलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

पक्राउ परेकाहरूलाई हिरासतमा राखिएको छ । पक्राउ पर्नेहरूमा २४ पुरुष तथा २७ महिला रहेका छन् । 

त्यसमा २६ महिला पाकेटमारमध्ये १ जना भारतीय रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिनुभयो । पुरुष पाकेटमारमध्ये १३ नेपाली र ११ भारतीय रहेका उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button