तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालयमा ‘पढ्दै कमाउँदै ’कार्यक्रम लागू गर्छौँ : शिक्षामन्त्री पौडेल

नवलपुर । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा अवस्थित सरस्वती नमूना माविको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षालाई सिकाइसँग र सिकाइलाई उत्पादनसँग जोड्न पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरेपछि विद्यार्थीहरुलाई किशोरावस्थाबाटै उद्यमशीलतातर्फ अगाडि बढ्न प्रेरणा मिल्ने मन्त्री पौडेलको भनाइ छ । “अहिले परीक्षणका लागि केही विद्यालयमा मात्रै पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “आगामी तीन वर्षभित्र देशभरका सबै सामुदायिक विद्यालयमा क्रमशः कार्यक्रम लागू गर्दै जानेछौँ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button