तपाईँ सुन्दै हुनुहुन्छः

खोप अभियानलाई तीव्रता दिइनेछ: मन्त्री खतिवडा

नुवाकोट । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्धको  खोप पर्याप्त रहेकाले खोप अभियानलाई तीव्रता दिने बताउनुभएको छ ।

आज त्रिशूली अस्पतालको नवनिर्मित भवनको उद्घाटनपछि आयोजित कार्यक्रममा मन्त्री खतिवडाले कुनै पनि सङ्कोच नमानी कोरोना भाइरसविरुद्धको खोप लगाउन नागरिकलाई आग्रह गर्नुभयो ।

मन्त्री खतिवडाले सरकारले १८ वर्षमुनिका लागि पनि एक करोड डोज खोप ‘बुक’ गरिसकेकाले विद्यालयमा नै खोप केन्द्र बनाएर बालबालिकालाई खोप प्रदान गर्ने योजनामा रहेको बताउनुभयो । उहाँले देशभर १६ हजार खोप केन्द्र स्थापना गरी कोभिड–१९ विरुद्धको खोप जनतालाई लगाउने तयारी भइरहेको बताउनुभयो । 

File Photo

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले प्रदेशभित्र रहेको जिल्ला अस्पतालको निरीक्षण गरेर आवश्यकता पहिलाउँदै समाधानको बाटोमा जाने बताउनुभयो । 

कोरियन सहयोग नियोग (कोइका)ले सहयोगमा ५० शय्याको अस्पताल निर्माण भएको हो । भूकम्पपछि अस्पतालमा सबै संरचना भत्किएपछि टेन्टबाट सेवा दिँदै आएको अस्पतालको नयाँ भवन डेढ वर्षअघि निर्माण सम्पन्न भएको थियो ।  

अस्पताल ५० शय्याको भए पनि १२० शय्या राखेर सेवा प्रवाह हुँदै आएकाले अस्पतालको शय्या सङ्ख्या बढाउन पर्ने अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button