तपाईँ सुन्दै हुनुहुन्छः

मापदण्ड पुगेका अस्पतालले नर्सिङ सङ्काय पढाउन पाउने : मन्त्री पौडेल

चितवन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मापदण्ड पुगेका अस्पतालले नर्सिङ सङ्काय पढाउन पाउने बताउनु भएको छ । आज भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै सय शय्या भएका अस्पतालले उक्त सङ्काय पढाउन पाउने बताउनु भएको हो । उहाँले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने स्पष्ट पार्नुभयो ।

‘आयोगले दुई वर्ष पहिला बनाएको ऐनमा आफ्नै स्वामित्वमा रहेका कलेजले एक सय शय्याको अस्पताल बनाउन पाउने उल्लेख गरिएकाले मापदण्ड पुगेका कलेजले मात्र पढाउन पाउँछन् । मन्त्री पौडेलले भन्नुभयो, अन्यको हकमा भने छलफल भइरहेको छ । ’

मन्त्रालयमा केही दिनअघि बसेको बैठकले मान्यता प्राप्त एक सय शय्याका अस्पताल भएका सबै कलेजमा पठनपाठन सुरु गर्न भनिएको जानकारी दिँदै उहाँले पिसिएल नर्सिङको  अध्ययन २०८० देखि खारेज गर्ने भनिएकाले अब यसलाई सञ्चालन गर्न नसकिने पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button