तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस महाधिवेशन: प्रदेश २ मा निर्वाचन प्रक्रिया स्थगित

वीरगञ्ज । नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नं २ को नयाँ नेतृत्व चयनको प्रक्रिया तत्कालका लागि स्थगित भएको छ ।

जनकपुरमा आज पत्रकार सम्मेलन गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका पार्टीको प्रदेश नं २ का प्रदेश महाधिवेशन आयोजक समितिका संयोजक रमेश रिजालले अधिवेशन स्थगित भएको जानकारी दिनुभयो । 

प्रदेश २ को अधिवेशन अब केन्द्रीय महाधिवेशनपछि गरिने उहाँले बताउनुभयो । प्रदेशका आठ जिल्लामा ३२ निर्वाचन क्षेत्र छन् । सर्लाही, सप्तरी र रौतहटबाट प्रतिनिधिको सूची प्राप्त हुन नसकेको निर्वाचन समितिले जनाएको छ । 

निर्वाचन अधिकृत पह्लाद गौतमका अनुसार सर्लाहीका चार निर्वाचन क्षेत्र, बाराको प्रदेश निर्वाचन क्षेत्र २ (ख), सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ र रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि छनौट हुन सकेको छैन । 

प्रदेश २ को सभापतिका लागि रौतहटकी कृष्णा यादव र प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रामसरोज यादवले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । 

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button