तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचारको आरोपमा मुद्दा दायर

काठमाडौँ । भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ता विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  

आयोगले पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरि दमाईं, कोषाध्यक्ष खड्गप्रसाद जैसी र सचिव पूर्णिमा शाह सिंह विरुद्ध १८ लाख ७७ हजार रुपैयाँ बराबरको बिगो भराउन माग गर्दै मुद्दा दायर गरेको हो । 

सोही उपभोक्ता समितिका सदस्य रणबहादुर बडूवाल विरुद्ध पाँच लाख ५० हजार रुपैयाँ र अर्का सदस्य भरतबहादुर बशाही विरुद्ध एक लाख ५० हजार रुपैयाँ, सो वन समूहका उपभोक्ता प्रेमबहादुर सिञ्जापति विरुद्ध पनि आठ लाख ८७ हजार रुपैयाँ बराबरको बिगो भराउन माग गरिएको छ ।

यसैगरी उपभोक्ता हस्तनादेवी शाहीविरुद्ध १ लाख १५ हजार रुपैयाँ र अशोक सिंह विरुद्ध २५ हजार रुपैयाँ बराबरको बिगो माग गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button