तपाईँ सुन्दै हुनुहुन्छः

‘वित्तीय स्थिरताका लागि थप प्रयास गर्नु आवश्यक’

काठमाडौँ । नेपालले वित्तीय सङ्घीयता कार्यान्वयनमा उल्लेखनीय प्रगति गरे पनि वित्तीय स्थिरताका लागि थप प्रयास गर्नु आवश्यक रहेको विश्व बैङ्कले गरेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । 

सोमवार काठमाडौँमा सार्वजनिक गरिएको सार्वजनिक खर्चको समीक्षा प्रतिवेदनले वित्तीय स्थिरता र हरित,लचिलो र समावेशी विकासका लागि नेपाललाई थप सहायताको आवश्यकता औँल्याएको हो । 

प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले वित्तीय हस्तान्तरण प्रणालीलाई सुधार गर्दै नियमन र प्रतिवेदन प्रणालीलाई स्थापित गरी स्थानीय सेवालाई थप परिणाममुखी र उत्तरदायी बनाउने नेपाल सरकारको प्रयासलाई प्रतिवेदनले थप टेवा दिने बताउनुभयो ।

कार्यक्रममा विश्व बैकका नेपाल निर्देशक फारिस हदाद जार्भोसले प्रतिवेदनले विश्व बैङ्कलाई नेपाललाई गरिने सहयोगको खाका बनाउन मद्दत गर्नुका साथै नीतिगत विकास ऋण लगायतका विभिन्न सहायता आयोजनाका लागि सहयोगी हुने बताउनुभयो । 

प्रतिवेदनले हरित वृद्धिको लागि लगानी प्रक्रिया र वित्तीय नीतिहरूको सुदृढीकरणको आवश्यकतालाई जोड दिँदै अर्थतन्त्रको रक्षा गर्नका लागि वायु प्रदूषणको लक्ष्य पूरा गर्नुपर्नेमा पनि जोड दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button